शिक्षक आन्दोलनप्रति रामकुमारीको प्रश्नै प्रश्न, भनिन्-सडकमा रमिता भयो

काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको आन्दोलनलाई रमिता भनेर टिप्पणी गरेकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले शिक्षकहरू नै समस्या समाधानको पक्षमा नरहेको आरोप लगाएकी छिन् । उनले लेखेकी छिन, ‘मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु । यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त…