काठमाण्डु – नेकपा एमालेले राजावादीका नाममा काठमाण्डुमा गरिएको हिंसात्मक घटनाको निन्दा गरेको छ । आईतबार सम्पन्न पार्टी केन्द्रीय सचिवालयको ४७औं बैठकले काठमाण्डुका तीनकुने क्षेत्रमा भएको घटनालाई गम्भीर रूपमा लिएको छ । ‘बैठकले राजावादीका नाममा काठमाण्डुको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा…