प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित देउवाले जनकपुरमा भने – चीनबाट ऋण लिनु हुँदैन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमणबारे सुझाव माग्न बोलाएको पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमनत्रीहरूको बैठकमा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उनुपस्थित भएका छन् । ओलीले सिंहदरबारमा चीन भ्रमणबारे सुझाव मागिरहँदा देउवा भने जनकपुर पुगेका छन् । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा…