काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमिसनमा सम्झौता गर्ने प्रवृत्ति सरकारभित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित ?’ विषयक अन्तर्क्रियामा उनले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरूमा सरकारले गम्भीरतापूर्वक कदमहरू नचालेका कारण हवाइ यातायात सुरक्षित हुन नसकेको…