ओखलढुंगा – जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेकपा एमालेले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनअन्तर्गत मनोनयन…