काठमाण्डु – पोखरा महानगरपालिकाका नगर प्रमुख (मेयर) धनराज आचार्य १२ दिनको उपचारपछि पोखरा फिर्ता भएका छन् । फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेलसँगै जलनका कारण घाइते भएका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको हो । मन्त्री पौडेल केही दिनअघि नै…