काठमाण्डु- प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) गठनपछि भइरहेका कामकारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको हो । प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले टीआरसी गठनपछि भइरहेका कामकारबाहीको विषयमा शीर्ष नेतालाई ब्रिफिङ भएको…