काठमाण्डु-सरकारको नेतृत्व गरिरहेको एमालेले काठमाडौंमा जागरणसभा गर्ने भएको छ । अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दिन जागरणसभा गरिने एमाले जनाएको छ । मंसिर ७ गते काठमाडौंमा जागरणसभा गरिने निर्णय भएको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सभा तयारीका लागि जनसंगठन र सम्पर्क मञ्च परिचालन गरिएको छ ।…