माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डु-स्थानीय तहको आसन्न उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक आइतवार बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए । माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक उपनिर्वाचन पछि बस्ने भन्दै तत्कालका लागि पदाधिकारी बैठक बोलाएको हो ।…