रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिवार बस्दैछ । बैठक पार्टी कार्यालय चःमति वनस्थलीमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुनेछ । यसका साथै बैठकमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।…