काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने बताएका छन् । महासभामा उठाइने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे…