काठमाण्डु – आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुइँ चढेर नेपाली जनतालाई तर्साउन खोजेको आरोप लगाएका छन् । आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाण्डुको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली जनतालाई नतर्साउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । उनले भने, ‘अहिलेको…