काठमाण्डु-सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन् । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् ।संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।…