तेह्रथुम – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको…