काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन् । ‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत शनिाबर रौतहटको गरुडामा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए । ‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त…