बजेट कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताए । उनले भने, ‘मुलुकमा उद्यमशीलतालाई प्रोत्साहन गर्न…