काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था अलोकतान्त्रिक हुने बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कार्कीले भने, ‘प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने गरी विश्वप्रकाशजीले ल्याएको प्रस्तावलाई पार्टीले नीति बनाउने हो भने त्यो अलोकतान्त्रिक हुन्छ । जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ ।’ कांग्रेस बैठकमा…