राहत र अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गरिँदैछ : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयमा शिक्षक अभाव पूर्ति गर्न राहत दरबन्दी र शिक्षण सिकाइ अनुदान कोटालाई स्थायी शिक्षक दरबन्दीमा रूपान्तरण गर्न विधेयकमा प्रस्ताव गरिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘शिक्षक दरबन्दी अभाव पूर्ति गर्न संसद्मा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा राहत दरबन्दी र शिक्षण सहयोग अनुदान कोटालाई स्थायी…