काठमाण्डु- नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नै नरहेका व्यक्तिले प्रतिवदेनको छलफलमाथि धारणा राखेपछि विवाद भएको छ। ललितपुरको गोदावरीमा बिहीबार जारी बैठकमा बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। श्रेष्ठ महासमिति सदस्य नभएको गोरखाका पार्टी सभापति नन्दप्रसाद न्यौपानेले बताएका छन् । ‘महासमिति सदस्यले नै बोल्न पाएका छैनन्।…