प्राधिकरणले जोड्यो ६ उद्योगको लाइन

काठमाण्डु-बक्यौता भुक्तानी नगरेका कारण छ वटा उद्योगमा काटिएको लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडिदिएको हो । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले हिजो बसेको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित लाइन जोड्ने निर्णय गरेको थियो । नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ४ गते सरोकारवालासँग छलफल…