काठमाण्डु– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाे छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन् घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १…