दोस्रो अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढाउन नेपालको आग्रह

रमेश लम्साल,काठमाडौं - सरकारले रणनीतिक महत्वको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन भारत सरकारसँग आग्रह गरेको छ। कोरोनाको संक्रमण बढ्ने जोखिमका बीच सरकारले लकडाउन जारी राखेको बेला आज नेपाल सरकारका एक सचिवले आफ्ना भारतीय समकक्षीसँग श्रव्य दृश्य (भर्चुअल) सम्वाद गरेर सो आग्रह गरेका हुन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले…