काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो । मन्त्री पुनले ६० मेगावाट क्षमता भएको ‘अपर त्रिशुली ए जलविद्युत आयोजना’ भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन…