जनकपुरधाम – नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तीव्र बनाएको छ । मधेश केन्द्रित रहेको जनसभामा पार्टी सभापति गगनकुमार थापासहित केन्द्रिय समितिका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समिति संयोजक नितेशकुमार गुप्ताका अनुसार कार्यक्रम जनकपुरधामको तीरहुतीया गाछिमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ…