गौर कारागारबाट फरार १३ कैदी भारतीय प्रहरीको नियन्त्रणमा

काठमाण्डु - रौतहटको सदरमुकाम गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीहरूमध्ये १३ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। कारागार फुटाएर भारततर्फ भाग्ने क्रममा भारतीय सीमामा तैनाथ एसएसबी र भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारत बैरगनिया थानाका प्रभारी उमाशंकर रजकले भने, नेपालबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेका विवेक मिश्र भारतकै बैरगनिया क्षेत्रकै एक हत्या…