सेनाले ३२ वटा सडक सरकारलाई हस्तान्तरण गर्‍यो, ४ आयोजनाको काम द्रुत गतिमा

काठमाण्डु– नेपाली सेनाले आफूले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ। आइतबार पत्रकार सम्मेलन गरेर सेनाले भौतिक प्रगतीको जनाकारी दिएको हो । जसमा १ हजार ४ सय किलोमिटर भन्दा बढी सडकको पाईलट ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल ४ वटा सडक आयोजनाहरु (खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, कर्णाली कोरिडोर सडक…