काठमाण्डु– नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको भन्दै संसदमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ । आइतबार नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन्…