काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सोमबारदेखि सुरु हुँदैछ । पहिलो सिजनको सफलतापछि यसपटक प्रतियोगिता अझै भव्य र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पहिलो सिजनझैँ यसपटक पनि सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुनेछन् । जहाँ पहिलो पटक ‘फ्लडलाइट’ जडान गरिएको छ । यसपटक पनि पहिलो सिजनझैँ आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ…