संसद्मा बहस : सशस्त्र प्रहरीलाई हस्तक्षेपमुक्त गरी ‘चेन अफ कमान्ड’मा चलाउनुपर्छ

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा सांसदहरूले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विधेयकले संगठनलाई हस्तक्षेपमुक्त हुने गरी ‘चेन अफ कमान्ड’मा चलाउन स्पष्ट व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । सोमबारको बैठकमा बोल्दै सांसदहरूले सशस्त्र प्रहरीको परिचालन प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत हुने व्यवस्थाले राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा रहेकोमा चिन्ता व्यक्त गरे । विधेयकमाथिको छलफलमा नेकपा एमालेका सांसद योगेश…