पोखरादेखि पारोसम्म अन्तर्राष्ट्रिय उडान हुने

काठमाण्ड- भुटान एयरलायन्सले भुटानको पारो विमानस्थलदेखि पोखरासम्म उडान गर्ने भएको छ । हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डुसम्म भुटान एयरलायन्सले सातामा चार वटा उडान भर्दै आएको छ। अब पोखरामा पनि उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। यसबीच युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले आगामी असोज १२ गतेदेखि चारवटा चार्टर उडान गर्ने जनाएको छ।…