काठमाण्डु – नेपाल मौसम विज्ञान विभागले आगामी हप्ताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका मौसमविद् राजन महर्जनले हप्ताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने हप्ताको अन्त्यमा बङ्गालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए । ‘हप्ताको अन्त्यमा कोशी,…