काठमाण्डु- च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूवात गरेको छ । गएराति यूएईमा भएको खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी शुरूवात गरेको हो । २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २ सय ३१ रन बनायो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए…