प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु - संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै उद्योग मन्त्री भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले…