काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले माओवादीप्रति विश्वास ह्वात्तै बढेको दाबी गरेका छन् । उनले आगामी निर्वाचनमा देशव्यापी रूपमा विजय हासिल गर्ने पनि दाबी गरे । मकवानपुरको बाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले देश र जनताप्रति इमानदार भएर काम गर्ने र परिवर्तनको संवाहक माओवादी नै हो भन्ने कुरा आम…