काठमाण्डु– नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक अचानक स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज बस्ने भनिएको बैठक अन्तिम क्षणमा रोकिएको हो। सभापति देउवाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन, रुपन्देही–३ को आगामी उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बोलाएका थिए। बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्री गगन थापा र विश्वप्रकाश…