प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक पुन:संरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् । आईतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुशी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए । उनले आन्दोलनले पुरानो ढंगले चल्दैन भन्ने कुरा नेपालमा स्थापित गराएको…