त्रिदेशीय महिला टी–२० क्रिकेट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाण्डु- त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले शनिबार थाइल्याण्डसँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले शनिबार आफ्नो दोस्रो खेल खेल्न लागेको हो । शृङ्खलामा यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो…