काठमाण्डु – प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले बहिस्कार गरेका छन् । उनीहरूको विरोधकाबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि बैठक बहिस्कार गरेर बैठक कक्षबाट बाहिरिएका हुन् । प्रतिनिधिसभाको आजबाट सुरु हिउँदे अधिवेशनमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर आकस्मिक समय माग गरे । तर सभामुख घिमिरेले…