काठमाण्डु – राजधानी काठमाण्डुस्थित बूढानीलकण्ठ नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई बिहीबारदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगरपालिकाले बुधबार परिपत्र गर्दै बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न नगरभित्रका रहेका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले शिक्षककै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्यपात्रो निर्माण गरेको र नगर शिक्षा…