काठमाण्डु - पूर्वऊर्जा राज्यमन्त्री कान्छाराम तामाङको कन्स्ट्रक्सन कम्पनीसहित सरकारले दुई दर्जन कम्पनीलाई सात दिने स्पष्टीकरण मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो। कार्यालयले शुक्रबार सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण…