कांग्रेसको १५ औं महाधिवेशन देउवा प्रधानमन्त्री भएपछि मात्रै !

काठमाण्डु-नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मात्रै सुरु गर्ने तयारी आन्तरिक रूपमा गरिएको छ । सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने निकट नेताहरूलाई जानकारी दिएका छन् । वर्तमान गठबन्धन सरकार निर्माणका बेला नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा २०८३ असारसम्म एमाले अध्यक्ष…