काठमाण्डु–नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले पार्टीको विशेष महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन्। माओवादी केन्द्रको केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राख्दै उनले विषेश महाधिवेशनको मिति घोषणा गर्न माग गरेका हुन् । उनले भने, ‘यही बैठकबाट विषेश महाधिवेशनको मिति घोषणा गरौं। केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौं।’…