काठमाण्डु– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएकोले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए। ‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने, १३ महिनादेखि भएको छैन , सबैले चासो राख्नु…