काठमाण्डु – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १६ पुसमा चितवनमा पत्रकारहरूसँग पार्टीको १५औं महाधिवेशन २०८४ को आमचुनावपछि गरे पनि हुने बताए । ‘२०८४ मा आम निर्वाचन हुनेछ । त्यसको २ वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो, होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,’ कोइरालाले भनेका थिए, ‘आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा…