काठमाण्डु – पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको प्रत्यक्ष राजनीतिमा फर्किएका छन् । माओवादी राजनीतिकै पृष्ठभूमिमा उपराष्ट्रपति बनेका पुन माओवादीको केन्द्रीय समिति बैठकमा देखिएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दायाँपट्टि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बसेका छन् भने बायाँपट्टि पूर्वराष्ट्रपति पासाङ देखिएका छन् । माओवादीमा उपाध्यक्ष पद पाएका पूर्वराष्ट्रपति द्वन्द्वकाण्डमा सैनिक कमाण्डर समेत थिए…