काठमाण्डु- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहितका २७ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो । आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च छ। यस्तै…