काठमाण्डु – ब्यापारीलाई युवती प्रयोग गरेर बलात्कार मुद्दा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन्। शाहीको अहिले न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा बयान भइरहेको र बयान सकिएपछि बहस हुने अदालतले जानकारी दिएको छ । बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा…