काठमाण्डु – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदालाई सधैं जोगाउनुपर्ने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधान न्यायालय, २०१० विमोचन कार्यक्रममा उनले आधुनिक न्याय प्रणालीलाई समृद्ध बनाउनको लागि न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदा जोगाउनुपर्ने बताएका हुन् । उनले भने, ‘आधुनिक न्याय प्रणालीलाई गर्विलो र समृद्ध…