अवैध गोदाममा छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना सशस्त्र प्रहरी घाइते

काठमाण्डु– पर्साको वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका छन् । आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा तस्कर समूहको आक्रमणमा परी ३ जना सशस्त्र प्रहरी घाइते भएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण…