प्रधानमन्त्री शाहले लगाउँछन् १४ सयको ‘गोल्डस्टार’

काठमाण्डु– 'नेपाली उत्पादन प्रयोग गरौँ' भन्ने भाष्यलाई व्यवहारमै उतारेर प्रधानमन्त्री बालेन शाहले सबैलाई 'सरप्राइज' दिएका छन्। शुक्रबारकाे बजेट भाषण कार्यक्रममा प्रधानमन्त्री शाह स्वदेशी ब्रान्ड गोल्डस्टार जुत्ता लगाएर संघीय संसद्‌मा उपस्थित  भए । कालो चश्मा र आफ्नै सिग्नेचर स्टाइलमा सधैँ देखिने बालेनको खुट्टामा जब मेड इन नेपाल जुत्ता देखियो, तब सामाजिक सञ्जालमा यसको चर्चा ह्वात्तै चुलियो।…