ब्याङ्ककमा नेपाल-थाइल्याण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाण्डु- मुलुकमा अधिकभन्दा अधिक थाई पर्यटक भित्र्याउने उद्देश्यले शुक्रबार ब्याङ्ककमा त्यहाँका पर्यटन व्यवसायीहरुबीच छलफल गरिएको छ । छलफलमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले नेपाल र थाइल्याण्डबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । दूतावासका अनुसार व्यवसायीहरुलाई नेपालका पर्यटन गन्तव्य, बौद्ध तीर्थस्थल, हिमाली साहसिक पर्यटन, प्रकृति तथा सांस्कृतिक…